भारतमा प्रदूषण बढेपछि कर्मचारीले घरबाटै काम गर्न थाले, दिल्लीमा लकडाउनसम्मको तयारी

    • कार्तिक २८, २०७८
    • ३५८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    एजेन्सी

    नयाँ दिल्ली, २८ कात्तिक । दिल्लीमा प्रदूषणको तह उच्च भएपछि सम्पूर्ण विद्यालय र निर्माण कार्य बन्द भएका छन् । त्यस्तै, सरकारी कर्मचारीले घरबाटै काम गर्ने भएका छन्  । पछिल्लो एक सातादेखि राजधानी नयाँ दिल्लीलाई प्रदूषणले ढाकेपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले सो घोषणा गरेका हुन् ।

    नयाँ व्यवस्थाअनुसार अब सरकारी कर्मचारीले सात दिनसम्म घरबाटै काम गर्नेछन् । त्यस्तै, धुलो र प्रदूषणको मुख्य कारक मानिएका निर्माणसम्बन्धी कार्य १७ नोभेम्बरसम्म बन्द हुने भएका छन् ।

    प्रदूषण नियन्त्रण गर्न केन्द्र र दिल्ली सरकारका नाममा सर्वोच्च अदालतले आपतकालिन कदम चाल्न आदेश दिएपछि मुख्यमन्त्री केजरीवालले प्रदूषण रोक्न विभिन्न योजना ल्याएका हुन् । सरकारले प्रदूषण नियन्त्रण गर्न आवश्यक परे लकडाउनसम्म गर्ने तयारी छ ।    

    ‘सोमबारदेदिख बिद्यालयहरु भौतिक रुपमा सञ्चालन हुने छैनन्, ताकी विद्यार्थीले प्रदूषित वायु लिन नपरोस । आईतबारदेखि चार दिनसम्म कुनै पनि निर्माणजन्य कार्य हुनेछैन्, ’ केजरीवालले भने ।

    त्यस्तै, निजी कार्यलयका कर्मचारीलाई पनि सम्भव भएसम्म घरबाटै काम गर्न मुख्यमन्त्री केजरीवालले निर्देशन दिएका छन् । पछिल्लो एक सातादेखि दिल्लीलगायत गुरगाउँ, नोडिया, गाजियाबादमा प्रदुषणले हद नाघेको छ ।

    केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शनिवार साँझ साढे ६ बजे दिल्लीको औषत वायु गुणस्तर सूचांक ४२७ पुगेको थियो । सामान्यतया शून्यदेखि ५० सम्मको वायु गुणस्तर सूचांकलाई वातावरणका दृष्टिले उपर्युक्त मानिन्छ । वायु गुणस्तर सूचांक ४०० भन्दा बढी हुनुलाई प्रदूषणको तह खतरनाक अवस्थामा पुगेको भन्ने बुझिन्छ । यस्तो प्रदूषणले फोक्सोको क्यान्सरलगायत मुटु र श्वासप्रश्वासजन्य समस्या उत्पन्न हुन्छ । 

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल