यसपटक पनि घस्रिए मेयर 

    • कार्तिक २४, २०७८
    • ७४४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    विराटनगर, २४ कात्तिक । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर दण्ड प्रणाम यात्रा गरेका छन् । हिजोदेखि व्रत बसेका पराजुलीले यस बर्षको छठमा घिस्रिदै यात्रा गरेका हुन् । सडकमा दण्ड प्रणाम गर्दै उनले यात्रा गरेको यो सँगै १८ पटक भएको छ । उनी २० वर्षदेखि छठकाे व्रत बस्दै आएका छन् ।

    उनले विराटनगर तीन ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलामा रहेकाे पूजास्थलसम्म करिब साढे तीन किलोमिटर दण्ड प्रणाम यात्रा गरेको बताए । गत बर्ष पाँच घन्टा लगाएर यात्रा गरेको मेयर पराजुलीको भनाइ छ । पारजुलीसँगै उनका भतिज प्रमेशले पनि दण्ड प्रणाम यात्रा गरेका छन् । उनले ६ बर्षदेखि निरन्तर काकासँगै घस्रिएर दण्ड प्रणाम यात्रा गरिरहेका छन् । कोरोनाबाट संसारलाई मुक्त गराउनका लागि यात्रा गरेको उनले बताएका छन् । उनले भने, 'लोककल्याण र शान्तिको कामना गर्दै मैले दण्ड प्रणाम यात्रा गरेको हुँ । यो पटककाे मेराे यात्रा अन्तिम हाे ।'  

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल