भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेताः सर्वेक्षण

    • कार्तिक २१, २०७८
    • ३३१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    एजेन्सी

    न्युयोर्क, २१ कात्तिक ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता चुनिएका छन् । अमेरिकाको द मर्निङ कन्सल्टले गरेको एउटा सर्वेक्षणमा मोदी विश्वका अन्य नेताभन्दा बढी लोकप्रिय देखिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित विश्वका १३ राष्ट्रप्रमुखलाई पछि पार्दै मोदी लोकप्रिय नेता चुनिएका हुन् । 

    विश्वका वयस्क मानिसहरुबीच गरिएको सो सर्वेक्षणमा मोदीलाई ७० प्रतिशतले मन पराएका छन् । सर्वेक्षणमा मोदीपछि मेक्सिकोका राष्ट्रपति लोपेज ओब्रदर लोकप्रिय देखिएका छन् । उनको एप्रोभल रेटिङ ६६ प्रतिशत छ । 

    एप्रोभल रेटिङमा इटालीका प्रधानमन्त्री मारियो द्राघी, जर्मन चान्सलर एन्जेला मर्केल र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् भने  अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन् । बाइडेनलाई ४४ प्रतिशतले समर्थन जनाएका छन् ।

    सर्वेक्षणअनुसार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ४३ प्रतिशत र जापानी प्रधानमन्त्री योशिहिदे सुगालाई ४२ प्रतिशले समर्थन जनाएका छन् । 

    समेतलाई मोदीले पछि पारेका हुन् । मोदीले ७० प्रतिशत मत पाउँदा बाइडेनले ४४ प्रतिशत पाएका छन् । 
     

    महोत्तरीका पत्रकार ग ...

    बर्दिवास, २३ बैशाख। महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रस ...

    सखुवाको १२ थान चिरान ...

    सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट ...

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल