जकपुरधाम, १९ कात्तिक । तिहारको चौथौ दिन शुक्रबार जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा हुराहुरी पर्व मनाइएको छ । गौ संरक्षण गर्ने उद्देश्यले मनाइने हुराहुरीमा पशुद्वारा पशुपशुलाई नै हत्या गराइने चलन रहेको दलित तत्मा समाजका केन्द्रीय अध्यक्ष रामअषिश दासले जानकारी दिए । बिस्तारै यो पर्व लोप हुने अवस्थामा पुगे पनि जनकपुरको कवड हल, शिवपुर, धनुषाको रमदैया लगायतका स्थानमा हुँदै आएको छ ।
गाउँको नजिकैको खेल मैदान वा चौरमा मनाइने हुराहुरीमा गाई, भैँसीले लखेटी लखेटी सुगरलाई मार्ने गर्छन् । गाई वा भैँसीले सुगर मारेपछि सुगरलाई मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । वर्षमा एक चोटि मनाइने यो पर्व हेर्न सयौँ स्थानीयवासीको भीड लाग्ने गर्छ ।