अभिनेता राजकुमार रावकाे विज्ञापनमा देखेर नै माया बस्यो 

    • कार्तिक १४, २०७८
    • ४१५ पटक पढिएको
    • न्युज कारखाना 
    alt

    काठमाडौं, १४ कात्तिक  । बलिउड अभिनेता राजकुमार रावले आफू विवाहका लागि तयार रहेको बताएका छन् । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले आफूले जीवनसाथी छानिसकेको बताएका छन् ।

    उनले आफ्नो जीवनसाथी विज्ञापनमा देखेपछि मन परेको जनाएका छन् । 'मैले टिभी हेर्ने क्रममा एक दिन उनलाई विज्ञापनमा देखेँ , त्यसपछि त उनी मेरो मनमा बसिन्', राजकुमार भन्छन् , 'अब त उनीसँगै विवाहको तयारी छ । तर, कहिले हुन्छ तय छैन ।' राजकुमारसँगै अन्तर्वार्तामा रहेकी कृति सेननले आफू भने सिंगल रहेको बताइन् । 

    अन्तर्वार्ताको क्रममा राजकुमारले कलाकारसँगै विवाह गर्न लागेको संकेत गरेका हुन् । 'विवाहको लागि समय छ । तर, साथी छानिसकेको छुँ',  उनले भने । आफ्नो अभिनयकै कारण दर्शकको मनमा स्थान बनाएका राजकुमारले १० वर्ष तेक्वान्दो सिकेको पनि बताए ।

    'मैले यसलाई फिल्ममा प्रयोग गर्न पाएको छैन । तर, आश छ आउँदा फिल्ममा एक्सन रोल पनि अफर हुनेछन्', राजकुमारले भने । हालै उनको र कृतिको अभिनय रहेको फिल्म 'हम दो हमारे दो' प्रदर्शन भएको छ । ओटीटीमा रिलिज भएको फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ । 

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल