भिखमपुर स्वास्थ्य केन्द्रमा प्रसुती गराएका महिलाले पाएनन् यातायात खर्च

    • कार्तिक ११, २०७८
    • ७४३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ११ कार्तिक । पर्साको धोबिनी गाउँपालिका २ भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुती गराउँदा प्राप्तहुने यातायातखर्च नपाएको समाचार प्रकाशमा आएको छ । स्वास्थ्य केन्द्रमा प्रसुती गराउँदा नेपाल सरकारबाट पाउने यातायातखर्च नपाएको सुत्केरी महिलाहरुले गुनासो गरेका छन् ।
    धोबिनी गाउँपालिका र वडा अध्यक्षको चरम लापरवाहीका कारण यातायातखर्च नपाएको महिलाहरुको आरोप छ । गत आर्थीक वर्ष २०७७÷७८ को असारसम्ममा प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरको वर्थिंग सेन्टरमा ९३ जना महिलाहरुले सुरक्षित प्रसुती गराएको स्वास्थ्य केन्द्रको तथ्यांकमा उल्लेख छ ।
    नेपाल सरकारको नियमानुसार ९३ जनालाई यातायात खर्चवापत १ हजार र स्वास्थ्य संस्थामा ४ पटक चेकजाँच गराएको २ सयका दरले ८ सय रुपैयाँ दिने व्यवस्था रहेको छ ।
    तर पालिका र वडाको लापर्वाहीले महिलाहरुले रकम हालसम्मपनि नपाएको गुनासो छ । चालु आर्थीक वर्ष २०७८÷७९ को साउनदेखि असोजसम्म ६५ जना महिलाहरुले प्रसुती गराएको स्वास्थ्य केन्द्रको बर्थिंग सेन्टरमा कार्यरत स्टाप नर्स प्रिया महासेठले जानकारी दिइन् ।
    गाउँ पालिकाले रकम पठाइसकेको भएपनि स्वास्थ्य केन्द्रको नाममा बैंक खाता खोल्न नसक्दा समस्या भएको स्वास्थ्य केन्द्र भिखमपुरका प्रमुख मनोज कुमार साहले जानकारी दिए ।
    वडा अध्यक्ष र गाउँ पालिकाका स्वास्थ्यशाखा संयोजक नन्दलाल कुर्मीले खाताखोल्न कुनै चासो नदेखाएको उनको भनाई छ । गत आर्थीक वर्षमा बर्थिंग सेन्टरमा प्रसुती गराएबापत १ लाख ८७ हजार रकम आएपनि दिन सकिएको छैन ।

     

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सिरहामा छिमेकीको कोद ...

    सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीको ...

    चनौटे डाँडा : मधेश र ...

      बिशाल बस्नेत महोत्तरी, २ जेठ। गर्मी छल्ने ...

    पेट्रोलमा सात र डिजे ...

    काठमाडौं, ३ जेठ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल