फाईल फोटो ।
काठमाडौं, ३ कात्तिक । पछिल्लो तीन दिनदेखि लागातारको वर्षाका कारण आएको बाढी पहिरोमा परी देशभरी मृत्युहुनेको संख्या ७७ पुगेको छ । २७ जना अझै वेपत्ता भएका छन् ।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीअनुसार १४ जिल्लामा ७७ जनाको ज्यान गएको हो । बाढी पहिरोका कारण पाँचथरमा २४, इलाममा १३, उदयपुरमा डोटी १२, धनकुटामा ७, हुम्ला ६, बैतडी ४, डडेलधुरा १, बझाङ २, जनाको मृत्यु भएको छ ।
त्यसैगरी, कालिकोट १, प्युठान १, सोलुखुम्बु १, मोरङमा १, सुनसरीमा २ मृत्युभएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
बाढी पहिरोमा अझै २७ जना हराइरहेका छन् । बझाङमा बेपत्ता मध्ये दुई जनाको शव फेला परेको छ । अझै २१ जना बेपत्ता छन् । इलाममा ३, प्युठानमा २ र जुम्लामा १ जना बेपत्ता छन् । बाढीपहिरोमा परि २२ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।