उदयपुर, ३ कात्तिक । खोलाले बगाएर उदयपुर जिल्ला हुलाक कार्यालयमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका ८ नरेटारका अतिरिक्त हुलाक कार्यालयका अतिरिक्त पत्रबाहाक कर्मचारीको स्थानीय ५९ वर्षिय कृष्णबहादुर श्रेष्ठको कार्यालयको काम सकेर घर फर्किने क्रममा बैजनाथ खोलाले बगाएर निधन भएको हो ।
खोलाले बगाएर मृत्युभएका श्रेष्ठको शव एक किलोमिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रसाद गौतमले बताए । घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ ।