फाईल फोटो ।
सिरहा, ३ कात्तिक । सिरहामा इनारमा डुवेर किशोरको मृत्यु प्रकरणमा तीनजनालाई नियन्त्रणमा लिएको छ । दशैंको अवसरमा आयोजित झिझिया नाँच हेर्न गएका गोलबजार नपा ८ भाइजिटोलका भुनेश्वर महतोको १७ वर्षिय छोरा सत्रुधन महतोको सिरहाकै नरहा गापा ३ नयाँ चोहर्वाको इनारमा डुविर मृत्यु भएको प्रकरणमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको हो ।
अनुसन्धान जारी रहेको भन्दै इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गर्न चाहेनन् । इप्रका मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले घटनाको विषयमा अनुसन्धान भईरहेको र दशैंको कारण अदालत बन्द रहेकाले केही प्रकृया पुर्यानु पर्ने र अनुसन्धान अधुरो रहेकोले अहिल्यै नाम सार्वजनिक गर्न नसकिने बताए । उनले चाँडै घटनाको विषयमा र पक्राउपरेकाहरुलाई सार्वजनिक गर्ने जनाए ।
गत शुक्रवार राती झिझिया नाचमा युवाहरुको दुई समूहविच झडप हुँदा भागदौड मच्चिदा नजिकै रहेको इनामार चारजना झरेका थिए । तत्का प्रहरी र स्थानीयले तीन जनाको उद्धार गरेपनि महतोभने इनारमै डुवेका थिए । उनको शव शनिवार विहानमात्र स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
उनी गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत थिए ।