गमक पोष्ट समाचार
सिरहा, १ कात्तिक । सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
त्यसैगरी, प्रदेश २ सरकारले भने सार्वजनिक विदा दिने भएको छ । प्रदेश २ सरकारले पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा विदा दिने राजपत्रमै उल्लेख गरेको छ । अब सरकारी कार्यालयहरु बुधवारबाट मात्र संचालनमा आउनेछन् ।