सन् २०१९ मा राष्ट्रपति ओमार अल बसिरको सत्ता ढलेपछि सुडानमा नागरिक समूह र सेनाले सत्ता साझेधार गर्दै आएका छन् ।
यही सेप्टेम्बरमा बसिरका समर्थकहरुले असफल सत्तापलटको प्रयास गरेपछि तनाब चर्किएको छ । सेनाका नेताहरुले बसिरविरोधी प्रदर्शनको नेतृत्व गरेको नागरिक गठबन्धन समूह फोर्सेस अफ फ्रिडम एन्ड चेन्ज (एफएफसी) मा सुधारको माग गरेका छन् । फोर्स संक्रमणकालिन सरकारको साझेधारसमेत हो ।
सेनाले पनि क्याबिनेटमा परिवर्तन गर्नुपर्ने माग गरेको छ । तर, नागरिक नेताहरुले सेनाले कु को षडयन्त्र गरेको आरोप लगाउँदै आएका छन् ।
शनिबार सेनाका समर्थकहरुले सरकार अपदस्थ गर्न त्यहाँका सेना प्रमुख जनरल अब्देल फताह अल बुरहानलाई आह्वान गरेका थिए । ‘हामीलाई सैन्य सरकार चाहिन्छ । वर्तमान सरकारले न्याय र समानता प्रदान गर्न बिफल भयो ।’ एक प्रदर्शनकारीले भने ।
शनिबार यसअघिका भएका प्रदर्शनमा जस्तो राष्ट्रपतिको गेटमा सुरक्षा व्यवस्था कडा गरिएको थिएन । प्रदर्शनकारी नियन्त्रण गर्न सुरक्षाकर्मीको पनि खासै उपस्थिति देखिदैनथ्यों ।
यसैबीच, सरकारका समर्थकले पनि बिहीबार प्रदर्शन गर्ने भएका छन् । शुक्रबार मात्र सुडानका नागरिक प्रधानमन्त्री अब्दुल्लाह ह्यामडकले देशको खराब र खतरनाक राजनीतिक संकटसँग जुध्न एउटा योजना सार्वजनिक गरेका थिए ।