गमक पोष्ट समाचारदाता

वीरगञ्ज २८, असोज । पर्साको वीरगञ्जस्थित आइसिपी गेटमा ग्यास बुलेटमा एक सय २० किलो प्रतिवन्धित लागुऔषध गाँजा फेला परेको छ ।bhagya mahalaxmi
एलपी ग्यास बोक्ने एन एल ०१ के ०७५४ नम्वरको भारतीय बुलेटमा बुधबार दिउँसो चार बजेतिर गाँजा फेला परेको हो । वीरगञ्ज महानगरपालिका २५ स्थित आइसिपी गेटमा शंकास्पद अवस्थामा रोकिएको ग्यास बुलेटलाई जाँच गर्दा चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको एक सय २० किलो गाँजा फेला परेको प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए ।
ग्यास बुलेट र सो गाँजा नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले जानकारी दिए ।