गमक पोष्ट समाचारदाता
बर्दिवास, २७ असोज । महोत्तरीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिका ४, मा ज १२ प २९६१ र प्र २—०१—००२ प—०५९७ नम्बरका मोटरसाइकल मंगलबार वेलुका आपसमा ठोक्किदाँ बर्दिवास नगरपालिका ३ गौरीडाँडाका २६ वर्षीय सुरज तामाङ र सर्लाहीको ईश्वरपुर नगरपालिका १ का २८ वर्षीय विजयकुमार महतोको मृत्यु भएको हो । तामाङ पहिलो र महतो दोस्रो मोटरसाइकलका चालक हुन् ।
दुर्घटनामा ज १२ प २९६१ नम्बरको मोटरसाइकलको पछाडि बसेका बर्दिवास–३, गौरीडाँडा निवासी सोनु सिंह गम्भीर घाइते भएका छन् । उनको बर्दिबास र जनकपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा तीनै जना गम्भीर घाइते भएका थिए । तर तामाङ र महतोको उपचारका क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा मंगलबार राति मृत्यु प्रहरीले जनाएको छ ।