गमक पोष्ट समाचारदाता / लहान ११, असोज । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकाका कर्मचारीहरु तलब वृद्धिको माग गर्दै असोज ४ गते देखि निरन्तर आन्दोलन गरिरहेका छन् । तलव वृद्धिको माग सहित गाउँपालिकाको सामुदायिक स्कुलमा कार्यरत कर्यालय सहयोगी, लेखाका कर्मचारी र बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरु पालिकाको कार्यलयको मुख्य गेटमा शान्तिपुर्ण धर्नामा बसिरहेका हुन् ।
सरकारले यस आर्थिक बर्ष २०७८÷०७९ मा गरेको बजेट भाषणमा बाल बिकास केन्द्रको सहयोगी कार्यकर्ता तथा बिद्यालय कर्मचारीको न्युनतम तलव १५ हजार पुर्याउने घोषणा गरेको छ । संघिय सरकारबाट ८ हजार र बाकी ७ हजार स्थानीय तहले ब्यहोर्नुपर्ने बजेट भाषणमा उल्लेख छ ।
बजेट भासण अनुसार आफुहरुको तलब वृद्धि हुनुपर्ने माँग गरेर हामी शान्तिपुर्ण आन्दोलन गरिरहेको लक्ष्मीपुर पत्तारी गापा बिद्यालय कर्मचारी कास ईकाई समितीका अध्यक्ष रामकुमार यादवले जनाएको छ ।
बिद्यालयमा काम गर्ने कासले ४५ सय, लेखाले ११ हजार ५ सय, सकाले ६ हजार न्यून तलब खाईपाई आईरहेको छ । जसमा चालु आर्थिक बर्ष देखि उनिहरुले खाईपाई आएको तलबमा संघिय सरकारबाट करिब २ हजार मात्र वृद्धि गरेको छ, साथै १५ हजार पुर्यउन बाँकी रकम स्थानीय तहबाट ब्यहोर्ने भनिएको छ ।
गाउँपालिकामा न्यून तलवमा काम गर्ने बिद्यालय तहको कर्मचारीहरुको मागप्रती आफुहरु सकारात्मक रहेको गाउँपालिकाले जनाएको छ ।
आन्दोलन पक्षलाई बार्तामा बस्न आग्रह गरेको छु, हामी जतिसुकै बेला बार्तामा बस्न तयार छौं, गाउँपालिका अध्यक्ष रामबल्लभ साहले गमक पोष्टलाई बताए ।
‘बजेट भाषणमा सरकारले तलब वृद्धि त गर्यो तर, संघिय सरकारबाट तलब वृद्धि गर्ने कुनै आधार र निर्देशिका गाउँपालिकामा पठाएको छैन्; अध्यक्ष साहले सुनाए ।
‘आन्तरिक श्रोत हाम्रो गाउँपालिकामा न्यून छ, सरकारले प्रदेश र केन्द्रबाट पठाउने अन्य बजेट निश्चित काम गर्न तोकैरै पठाएको हुन्छ, त्यसबाट तलव दिन मिल्दैन; अध्यक्ष साहले भने । त्यैपनि हामी कार्यपालिकाको बैठक र गाउँसभामा उनिहरुको माँग सम्बोधन गर्न पुर्णरुपमा पहल गर्ने प्रतिबद्धता गरेका छौं । माँग जायज छ, त्यसमा हाम्रो समर्थन र सहयोग सदैव रहने छ , गाउँपलिका अध्यक्ष साहको भनाई छ ।
हाल गाउँपालिकामा बाल विकास केन्द्रमा सका २९ जना, कास १७ जना र लेखा ३ जना कार्यरत छन् ।