सुरेश राय / सिरहा, २८ भदौ । सिरहाको गोलबजार नगरपालिका ४ मा रहेको अस्थाइ कोभीड अस्पतालमा आज एक दिवसिय निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । शिविरमा तीन सय जनाको उपचार भएको आयोजक हेसरा नेपालले जनाएको छ ।
उपचार गराएका मध्ये ५२ जनामा मोतियाविन्दु देखिएको उपचारमा संलग्न चौधरी आँखा अस्पताल लहान स्वास्थ्यकर्मि प्रमोद यादवले जानकारी दिए । मोतियाविन्दु भएकाहरुलाई अस्पतालले निःशुल्क अप्रेशन (सल्यक्रिया) गर्ने जनाएको छ ।