गमक पोष्ट समाचारदाता / कैलाली,१९ भदौ । कैलालीमा माइक्रो बस र अटो रिक्सा आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगङ्गा नगरपालिका ४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आइरहेको से १ ह २५१० नम्बरको अटो रिक्सा शुक्रवार बेलुका ठोक्किँदा घाइते भएका सात जनामध्ये तीन जनाको मृत्यु भएको हो ।
सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा घोडाघोडी नगरपालिका ९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुभने उपचार भईरहेको छ ।