गमक पोष्ट समाचारदाता / सिरहा, १८ भदौ । जिल्ला प्रशासन कार्यालय सिरहाले भदौ २० बाट पुनः आलोपालो सेवा प्रवाह गर्ने जनाएको छ । सेवाग्राहीको बढ्दो भीड, कर्मचारी अभाव र कोभिड १९ को जोखम अझै कायम रहेको भन्दै पालिका अनुसारको फरक फरक दिन सेवा प्रवाह गर्ने सूचना जारी गरेको हो ।SIRAHA P
प्रमुख जिल्ला अधिकारी प्रदिप राज कडेलद्वारा जारी सूचना अनुसार कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको र पदपुर्ती समेत हुन नसकेको अवस्थामा सेवाग्राहीको भीड बढ्न थालेपछि नागरिकता र राहदानी (पासपोर्ट) बनाउने सेवाग्राहीलाई आलोपालो सेवा दिइनेछ ।
सूचनामा भदौं २० गते आइतवारबाट आलोपालो प्रणालीमा सेवा प्रदान गरिने उल्लेख गरेको छ । सूचना अनुसार आईतवार कर्जन्हा र मिर्चैया नगरपालिकाका सबै वडालाई सेवा प्रदान गरिनेछ । यस्तै मंगलवार गोलबजार नगरपालिका, अर्नमा र नरहा गाउँपालिकाका सेवाग्राहीले सेवा पाउने छन् ।
बुधबार धनगढीमाई नगरपालिका १२, १३, १४ नम्बर बाहेक सबै वडा, सुखिपुर नगरपालिका र विष्णुपुर गाउँपालिकालाई सेवा दिने सूजनामा लेखिएको छ । यस्तै बिहीवार सिरहा नगरपालिकाका सबै वडा र शुक्रवार औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका र नवराजपुर गाउँपालिकाका सेवाग्राहीले सेवा पाउने बताइएको छ ।
तोकिएको दिन सार्वजनिक विदा पर्न गएमा त्यसको भोलिपल्ट सेवा प्रदान गरिने सूचनामा उल्लेख गरेको छ । प्रजिअ कण्डेलद्वारा जारी सूचनामा शुक्रवार दिनको १ बजे र अरु दिन २ बजेभित्र सनाखत सकिने गरी कार्यालय खुल्ने सुरु समयमा मात्र आवश्यक कागजात र सनाखत गर्ने व्यक्ति सहित उपस्थित हुनुपर्ने भनिएको छ ।