गमक पोष्ट समाचारदाता / सप्तरी, १६ भदौ । करेन्ट लागेर आज विहान सप्तरीमा एक बालकको मृत्यु भएको छ ।
करेन्ट लागेर डाक्नेश्वरी नगरपालिका १० रंजितपुरका पवन यादका ९ वर्षीय छोरा अर्जुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाई गोठमा लत्रेको विद्युतीय नांगो तारमा करेन्ट लागेर घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।