गमक पोष्ट समाचारदाता वीरगञ्ज, १५ भदौ । वीरगञ्जको बहुअरीमा भारतीय नम्बर प्लेट भएको एलपीग्यास ट्यांकरले साइकिललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । एनएल ०१ एबी ४३७३ नम्बरको भारतीय ग्यास बुलेटको ठक्करबाट पर्सा बहुदरामाई नगरपालिका २ पिप्रा का ३० वर्षीय लालबाबु साहको मृत्यु भएको हो ।
साइकलमा चढेर वीरगञ्ज आउँदै गरेका साहलाई बुलेटले किचेर घाइते भएका थिए । घाइते साहलाई फेरी ब्याक गरेर कुल्चेको प्रत्यक्षदर्शीले बताएका छन् ।
ठक्कर दिने बुलेटका चालक भारतको मुज्जफरफुर निवासी २६ वर्षीय ललनकुमार रायलाई बुलेटसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
घटनास्थतलमा केही बेर आक्रोशित भिडले चक्का जाम समेत गरेका थिए ।