गमक पोष्ट समाचारदाता / रौतहट, १५ भदौ । रौतहट प्रहरीले पानी मुनी लुकाएर राखेको ५८ क्यूवीफीट सालको गोलिया बरामद गरेको छ । विशेष सुचनको आधारमा पुगेका संयुक्त सुरक्षा टोलिले कटहरिया १ भसेढवा नजीकै पानीमा लुकाई राखेको ११ टुन करिव ५८ क्यूविफीट सालको गोलिया मंगलबार विहान बरामद गरेको हो ।
चोंचा सब डिभिजन बन कार्यालयका प्रमुख राजेश साहको नेतृत्वमा बन सुरक्षा टोलि, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले कटहरिया १ भसेढवाका तस्करले राष्ट्रिय बनबाट अबैध कटान गरि लालबकैया नदि हुँदै बगाएर ठुलो परिमाणमा सालको गोलिया भण्डारन गरि राखेको भन्ने सूचनाको आधारमा बरामद गरेको ठाउँमा पुगेको प्रहरीले जनाएको छ ।
बरामद काठ सब डिभिजन बन कार्यालय चोंचामा राखी थप अनुसंधान भैरहेको जनाएको छ । केहि दिन अघि भएको अविरल वर्षासंगै लालबकैया नदिमा बाढी आएको अवस्थामा तस्करहरुले राष्ट्रिय बनबाट लुकीछिपी अबैध कटान गरी बगाएर ल्याई भण्डारण गरि राखेको हुन सक्ने अनुमान गरिएको छ ।