गमक पोष्ट समाचारदाता \ जनकपुर, १३ भदौ । धनुषामा माछा मार्ने क्रममा एक युवकको पनीमा डुबेर मृत्यु भएको छ । बीरेन्द्रबजार महिनाथपुर सडक खण्ड अन्तर्गत सवैला नगरपालीका २ मा ह्यूमपाईले बनाएको खाल्डोमा माछा मार्ने क्रममा सोही नगरपालीका १२ बरकुरबाका ३० वर्षीय भगवानबाबु सदाको मृत्यु भएको हो ।
बिहानै माछा मार्न निस्केका सदा बेलुकीसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।
छाडे रोकबाट पीडित सदा धेरै पानी देखेर बेहोस भइ डुबेको हुनसक्ने परिवारजनले आशंका गरेको प्रहरी निरीक्षक सिग्देलले जानकारी दिए । सदाको शव पोष्टमार्टमका लागि अहिले प्रादेशक अस्पताल जनकपुरमा राखिएको छ ।