गमक पोष्ट समाचारदाता / सिरहा, ११ भदौ । अबिरल बर्षासँगै आएको बाढिले सिरहाका विभिन्न ठाउँमा घरहरु डुवानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरापलिका १२ बेतौनाका एक दर्जन भन्दा बढीघरहरु डुबानमा परेको छन् ।betauna 2
घर डुबानमा परेपछि स्थानीयहरु नजिकैको छिमेकीहरुको घरमा शरण लिएर बसिरहेको स्थानीय मिन्थुन मण्डलले बताए । उनका अनुसार घरभित्रै पानी पसेकाले माटाका घरहरु भत्केको जानकारी दिए ।
डुवानका कारण अन्न पात राखिएको कोठी (माटोको भखारी) भत्केर सवै अन्न पातहरु काम नलाग्ने भएको स्थानीय इन्द्रदेवी मण्डलले जानकारी दिए । उनलेभने, ‘घरमा भएको सवै अन्न पात भिजेपछि विहान छिमेकीले खाना खुवाए, अव पकाउने ठाउँ पनि छैन, भएको अन्न पातपनि भिजेकोले छाक टार्न मुस्कील छ ।’
स्थानीय तहले पोखरीको बाँध बाध्न रकम छुट्याएको भएपनि बाँध राम्रोसँग नबाधिदा फूटेर गाउँमा पानी पसेको स्थानीयको आरोप रहेको छ ।betauna 5
त्यस्तै, अबिरल बर्षाका कारण गोलबजार नगरपालिका ९ मा २ वटा घर र सिरहाकै धनगढीमाई नगरपालिका ६ मा एउटा घर भत्किएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणँेलले जानकारी दिएको छ ।betauna 7
बर्षाको पानी बजार पसेरपछि मिर्चैयाका दर्जनौ पसलहरु जलमग्न भएको छ । पूर्वापश्चिम राजमार्ग देखि उत्तरको पानीको उचित निकास नहुदा बजार पस्ने भएकाले पसलहरु जलमग्न भएको स्थानिय रामनारायण ठाकुरले जानकारी दिए । उनका अनुसार वर्षाको पानीले व्यवसायीहरुको करोडौंको क्षति भएको बताए ।
अबिरल बर्षासँगै कमला नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सिरहाको पटेर्वास्थित कमला नदीको बाढीमा फसेका दुई जनाको उद्धार गरिएको प्रजिअ कणेँलले बताए ।
कमला नदीमा बाढीको बहाब बढ्ेपछि नदी आसपासको क्षेत्रका स्थानीयहरुलाई प्रशासनले सर्तक रहन आग्रह गरेको छ । कमला नदी आसपासको सिरहा नगरपालिका र कल्याणपुर नगरपालिकाका स्थानीयहरुलाई कुनै बेला पनि को बाढी पस्ने सम्भावित क्षेत्रमा उच्च सर्तकता अपाउन प्रशासनले आग्रह गरेको हो । नेपाल प्रहरी र नेपाली सेनाले नदीको तल्लो तटीय क्षेत्रमा नजान माइकिंग गरिरहेको प्रजिअ कणेँलको भनाई छ ।
त्यस्तै कर्जन्हा नगरपालिकाको बन्दीपुरस्थित बाबातालमा बढ्ेको पानीले बाँध कटान गर्न थालेको छ । बाबातालको पानी उक्लिएर नजिकैको गाउँ पस्दा घरहरु समेत डुबानमा परेको स्थानीयहरुले बताएका छन् ।
बाबातालको बाँध कटान रोक्न तथा मर्मत सम्भारका लागि नेपाली सेनाको टोली परिचालन गरिएको र बोरामा माटो हालेर अहिले बाँध मर्मत काम भइरहेको प्रजिअ कणेँलले बताए ।