गमक पोष्ट /  वीरगञ्ज, ११ भदौ । मुटु मानिसको अत्यन्तै संवेदनशिल अंगहो । पछिल्लो समयमा दीर्घ रोगीका साथै मुटु सम्बन्धी रोगको परीक्षण गराउनेहरुको संख्या पनि बढ्दो छ । अव्यवस्थित जीवन यापन र खानपानकै कारण अहिले कतिपय रोगहरुले मानिसलाई सताउने गरेको छ । शुरुमा केही नहुँदा केही हुँदैन भनेर लापरवाही गर्ने र पछि केही भइसकेपछि पश्चाताप गर्ने हाम्रो स्वभावका कारण पनि कतिपय रोगहरुले आक्रमण गर्छ ।

हृदयघात एउटा मुटु सम्बन्धी रोग हो । तर मुटु सम्बन्धी रोगमा हृदयघात (हार्ट फेल) मात्रै पर्छ भन्ने भ्रमपनि पाइन्छ । मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सय भन्दा बढी रोग हुने गरेको चिकित्सकहरु बताउँछन् ।

मुटुका रोगलाई जन्मजात मुटुरोग, बाथ मुटुरोग र जीवन शैलीसँग सम्बन्धीत मुटुरोग भनेर ३ भागमा विभाजन गरेको पाइन्छ । मुटुलाई स्वस्थ राख्न र मुटु रोगबाट टाढा रहन विभिन्न तत्वहरुले महत्वूर्ण भूमिका खेलीरहेका हुन्छन् । तर कतिपय अवस्थामा हामी आफैले नियन्त्रण गर्न सकिने हुन्छ भने कतिपय अवस्था हाम्रो नियन्त्रणभन्दा पनि बाहिर हुन सक्ने नारायणी अस्पतालमा कार्यरत बरिष्ठ फिजिसियन डा. सरोजरोशन दास बताउँछन् । डा. दासका अनुसार वंशानुगत समस्या हाम्रो काबुभन्दा बाहिर हुन्छ । तर पनि केही परिवर्तन र जोखिमलाई कम गर्न भने सकिन्छ ।

मुटु सम्बन्धी रोगबाट बच्नकालागि डा. दासका सुझावहरु यस प्रकार छन् ः

तनावनलिने ः स्वस्थ मुटु राख्नकालागि तनावमुक्त हुन अति आवश्यक छ । तनावकै कारण मुटुसँग सम्बन्धित विभिन्न समस्याहरु उत्पन्न हुन सक्छन् । तनाव सृजना गर्ने हार्मोन कोर्टिसोले अस्वस्थ फ्याटमा बृद्धि गर्छ । जसका कारण मुटु सम्बन्धी समस्याको जोखिम बढ्न जान्छ र अझै चिल्लो, चिनीयुक्त खानाप्रतिको आशक्त बढाउँछ ।

धुमपान, मद्यपान र लागुऔषधको सेवननगर्ने ः मुटु रोगीलाई धुम्रपान, मद्यपान र लागु औषधको सेवनले झनै जोखिम निम्त्याउँछ । बेलातयका १० लाख मानिसहरुमा गरिएको एक अध्ययन अनुसार धुमपान गर्ने व्यक्तिको आयु अन्यभन्दा १० वर्ष कमहुने गरेको देखिएको छ । धुम्रपानसँगै मद्यपान र लागुऔषधको सेवनका कारण मुटु सम्बन्धी रोगका अतिरिक्त स्वाश्सप्रशास, डायबिटिज, क्यान्सर, रक्त प्रबाह लगायत अन्य समस्याहरुप्नि सृजनाहुन सक्छन् ।

चिनीको प्रयोगकम गर्ने ः चिनीको अत्यधिक सेवनबाट मधुमेह रोग लाग्छ भनेर सबैलाई अवगत नै भएको कुरा हो । सयुँक्त राज्य अमेरिकामा गरिएको एक पछिल्लो अध्यनअनुसार चिनी मिसाइएको दैनिक २५ प्रतिशतभन्दा बढी क्यालोरी खाने मानिसहरु मुटु रोगबाटै मृत्यु हुने ३ गुणा बढी जोखिम हुन्छ । चिनीले तौलपनि वृद्धि गर्छ । तसर्थ अबदेखि र आजैदेखि दैनिक खाने र खानेकुरामा हुने चिनीको मात्रा घटाउन आवश्यक छ ।

मोटोपन कमगर्ने ः मोटोपनले मुटु रोगसँग के सम्बन्धभन्ने कौतुहलता हुँदै छ होला । तर मुटु रोग र अत्यधिक मोटोपनबीच पनि ठूलो सम्बन्ध छ । मोटोपनकै कारण टाइप २ डायबिटिजको खतरा हुन्छ भने अर्काेतिर मुटु रोगको खतरा पनि बढ्छ । मोटोपनका कारण हृदयघात, उच्च रक्तचाप, मधुमेह जस्ता समस्याहरु बढ्ने जोखिम हुन्छ । तोली बढी हुँदा रगतमा खराब कोलोस्ट्रोलको मात्र बढ्न जान्छ जसका कारण मुटुका धमनीलाइ साँगुरो पारी ह्दयघत गराउने जोखिम बढ्छ । थोरै मात्रामा खाइने बटर, घ्यु, क्रिम स्वास्थकालागि त्यति जोखिमपुर्ण हुँदैन ।

रातो मासु नखाने ः धेरै मात्रामा रातो मासु खानेमा मुटु रोगको खतरा २४ प्रतिशतले बढाउने अध्ययनले देखाएको छ । हरेक दिन ५० ग्राम परिष्किृत मासु खाने मानिसमा मुटु फेलियरको खतरा ८ प्रतिशत हुन्छ भने मृत्युको सम्भवाना ३८ प्रतिशत हुन्छ । रातो मासुले पेट सम्बन्धी अन्य रोग पनि निम्त्याउँछ ।

नुनकमखाने ः अत्यधिक नुनको सेवनले रक्तचाप बढाउने कुरा सबैले सुन्दै आएको हो । र, यो सत्यपनिहो । जीवनको उत्तराद्र्धतिर मुटुको खतरा पनि बढाउन बढी नुन खानेहरुलाई हुन सक्छ । बयस्कहरुले दिनमा ६ ग्रामभन्दापनि न्यून (एक चियाचम्चा) नुन खानुपर्छ । नुनको मात्रा घटाउनुको अर्थ केबल तरकारीमा नुनको परिणाम घटाउने होइन कि अन्य नुनिला खानेकुरा पनिखान छोड्नुपर्छ ।

सक्रीयहुने ः सुस्त र अल्छी हुनाले मटु सम्बन्धीमात्रै हैन अरु पनि रोगहरुले सहजै समात्छन् । ४० वर्षपछि केही घन्टा फटाफट हिड्दा, साईकल चलाउँदा वा सामान्य गतिविधिमा व्यस्त हुदा मुटु स्वस्थ हुन्छ । व्यायाम लगायतका शारीरिक गतिविधिबाट शरीरलाई सक्रिय राख्न सके निरोगीहुनुका साथै शरीर पनि फुर्तीलो हुन्छ ।

(वीरगञ्जस्थित नाराणी अस्पतालमाकार्यरत बरिष्ठ फिजिसियन डा. सरोजरोशन दाससँग गरिएको कुराकानीमाआधारित)