• सुरेश राय

सिरहा, १० भदौ । रिलायबल जीवन बीमा कम्पनी मिर्चैया शाखाले मृतकका परिवारलाई घरमै पुगेर मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले करिव डेढ वर्ष अघि जीवन बीमा गरेका नरगा गाउँ पालिका ३ का प्रमोद ठाकुरका श्रीमती कुसुम देवी ठाकुरलाई घरमै पुगेर २ लाख १२ हजार ८ सयको चेक हस्तान्तरण गरेको हो ।
विमित ठाकुरले दुई किस्तामात्रै जम्मा गर्न भ्यमएका थिए । यहि विचमा उनको मृत्यु भएपछि परिवारलाई घरमै पुगेर शाखा प्रमुख सुरेन्द्र प्रसाद साहले २ लाख १२ हजार ८ सयको चेक हस्तान्तरण गरेका थिए ।
ठाकुरले डेढ वर्ष अधिमात्र १५ वर्षको लागि २ लाखको जीवन बिमा गरेको बजार प्रतिनीधि विष्णुकुमार साहले जानकारी दिए । बीमा कम्पनीले ग्राहको सुविधाको लागि घरमै पुगेर सेवा दिएको बताएको छ ।