गमक पोष्ट समाचारदाता / बारा, ७ भदौ । बारामा महिला जनप्रतिनिधिमाथि कुटपिट गरेको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको कलैया उपमहानगरपालिका २७ की वडा सदस्य तारादेवी पासवानलाई कुटपिट गरेको आरोपमा स्थानीय जोगिन्द्र साहसहित आठ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको हो ।
वडासदस्य पासवानले गाउँकै एक महिलालाई अर्का पुरुषसँग भगाउन सहयोग गरेको आरोप लगाउँदै साह सहितको समूहले कुटपीट गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी गौतम मिश्रजले जानकारी दिए । उनलेभने, ‘आक्रमण भएको सूचना पाएलगत्तै हामी पुगेर तारादेवीको उद्दार गर्यौं र घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएका हौं ।’
पक्राउ परेकाहरु विरुद्ध बारा जिल्ला अदालतमा समाजिक अपराध अन्तर्गत अभद्र तथा अमानवीय व्यवहार विरुद्धको मुद्दा दायर भएको प्रहरीले जानकारी दिएको छ ।