गमक पोष्ट समाचारदाता / सप्तरी, ७ भदौ । सप्तरीका बलान विहुल गाउँपालिका ३ मा हालै एक बिदेशी संस्थाले बितरण गरेको राहत बास्तबिक पीडितले नपाएको भन्दै स्थानीय दलित, बिपन्न परिवारले बिरोध जनाएका छन् । स्थानीयहरुले गाउँमै पत्रकार सम्मेलन गरी चिनियाँ संस्था चु जी तपाईको ख्याल गर्दछ भन्ने संस्थाले बितरण गरेको राहत बास्तबिक पीडितले नपाई टाठाबाठा र हुने खानेले पाएको आरोप लगाएका हुन् ।maunt school 333 JVM SCHOOL 333 1
“संस्थाले वास्तविक पीडित र बिपन्नको पहिचान नै नगरी हचुवाको तालमा राहत बितरण गरेको छ”, स्थानीयबासी सुर्य नारायण मोचीले भन्नुभयो,“ कुनै घरमा बुवा, आमा र छोरा सम्मलाई राहत दिइएको छ, कुनै घरमा एक जनालाई पनि राहत मिलेको छन्ै ।” हामीले वास्तविक पीडितको नामावली तयार पारेर मात्र राहत बितरण गर्न आग्रह गर्दा पनि कुनै वास्ता नगरी हचुवाको भरमा राहत बितरण गरेको उहाँको आरोप थियो ।
संस्थाका नेपाली सहयोगीहरुले आफ्ना आसेपासेलाई मात्र राहत बितरण गरेको भन्दै स्थानीयहरुले गाउँमा अझै आपाङ्ग, एकल महिला र बृद्धबृद्धाहरुले राहत पाउन नसकेको गुनासो गरेका छन् ।
कोभिड १९ बाट प्रभाबित मौवाहाका बिपन्न, दलित परिवारलाई चु जी संस्थाले गत असार २९ गते २५ किलो चामल, १० किलो आटा, चिनी, चाना, दाल, स्वाबिन र नुन १÷१ किलो, खानेतेल १ लिटर र साबुन ४ वटाका दरले राहत बितरण गरेको थियो ।
राहत बितरणमा संस्थाका नेपाली सहयोगी र गाउँपालिकाका प्रतिनिधिको बदमासीका कारण बास्तबिक पीडितले राहत नपाएको मौवाहाका अर्का स्थानीय ९० बर्षीया कैली दासले भन्नुभयो,“ म असाध्यै गरिब र बिपन्न छु,, छोराहरुले एक्लो छाडेको छ गुजारा गर्न पनि समस्या भईरहेको छ तर मलाई राहत दिएन् ।” राहत माग्न जाँदा अहिले तपाईको लिष्टमा नाम छैन् दिन मिल्दैन् भनेर फर्काएको उहाँको दुखेसो थियो ।
“म आपाङ्ग छु, मेरो छोरा सुरज कुमार दास पनि आपाङ्ग छ”, स्थानीय बिजय कुमार दासले भन्नुभयो,“ गाउँमा भएको राहत बितरणमा मेरो घरको कसैलाई राहत दिएन्, माग्न जाँदा लिष्टमा नाम छैन् भनेर फर्कायो ।” राहत वितरणको लिष्ट कसले बनायो भनेर ? प्रश्न गर्दा गाउँपालिकाका अध्यक्ष र वडाअध्यक्षसँग समन्वय गरेर पीडितहरुको लिष्ट बनाएको जवाफ पाए उहाँको दुखसो थियो ।
यसरी पीडितहरुलाई राहत वितरण गर्ने जस्तो पबित्र उद्देश्य लिएर आएको संस्थाले वास्तबिक पीडित राहत वितरण नगरी आसेपासेलाई हचुवाको भरमा राहत वितरण गर्नु गलत भएको स्थानीय बुद्धिजीवीको भनाई थियो ।
यस बिषयमा चु जी संस्थाका पदाधिकारी तथा सहयोगीहरुसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

indira jal 333