सुरेश राय / सिरहा, ५ भदौ । सिरहाका धार्मिक गुरू, जातीय जवार, माइजन (अगुवा) हरुले बाल विवाह न्यूनीकरण गर्ने प्रीतबद्धता जनाएका छन् । सिरहाको मिर्चैया नगरपालिका १० मिथलेश्वरमा दलित विकास मञ्चद्वारा आयोजित बाल विवाह विरुद्धको ऐन–कानुनबारे अभिमूखिकरण कार्यक्रममा उपस्थित जातिय अगुवाहरुले बाल विवाहका कारण हुने समस्याहरु थाहापाएपछि न्यूनिकरणको लागि प्रीतबद्धता जनाएका हुन् ।JVM SCHOOL 333 1 maunt school 333
साह समूदायका जातिय माइज्न जिबछ प्रसाद साहले अब गाउँ घरमा हुने बाल विवाहलाई निरुत्साहित गर्न मेरो मुमिका रहेन बताए । सेवानिव्रित शिक्षक समेत रहेका उनलेभने, ‘बाल बिबाह गर्नु हुँदैन भन्ने थाहा हुँदाहुदैपनि समाजिक बन्धनका कारण भईरहेको थियो अव हाम्रो तर्फबाट न्यूनिकरणमा सकेको भूमिका निर्वाह गर्ने छौं ।’
राज्यले २० वर्षअघिका विवाहलाई बाल विवाह भनेपनि अझै त्यस्तो विवाह हुने गरेको पण्डित समूदायका माइन्जन लक्ष्मण पण्डितले स्वीकार गरे । नउले विशेषगरी छोरीहरुको अत्यधिक विवाह १६–१८ वर्षको विषमा हुने बताउँदै उनले अव यस्ता विवाहलाई निरुत्साहित गरिहने जनाए । उनलेभने, ‘हामीलाई विवाहको टुङ्गो लगाउनेबेलामा समाजले जानकारी गराउँछ, अव उपरान्त २० वर्ष मुनिकाहरुको विवाहको कुरा चले हामी त्यसलाई निरुत्साहित गर्छौं ।’
मधेशमा दहेज, अशिक्षा, कुप्रथाका कारण बाल विवाह हुनेगरेको महतोे समूदायका माइन्जन रामनारायण महताले बताए । उनलेभने, ‘यहाँ आजपनि शिक्षाको अवस्था कमजोर छ, जहेज र अशिक्षाकै कारण मधेशमा बालविवाह भईरहेको छ । बालविवाह रोक्न शिक्षामा सुधार ल्याउनु जरुरी छ ।’
उनले धेरै बुवाहरु रोजगारीमा भएकाले पनि बेलैमा विवाह गरे सजिलो हुने स्थानीयहरु बताउँछन् । सो अवसरमा स्थानीय सवै समूदायका जवाहर माइन्जनहरुको सहभागी थिए ।
अभिमुकरण कार्यक्रममा बाल विवाह दण्डनिय अपराध भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक श्याम प्रकाश यादवले बताए । उनले कानुनले बालविवाह अपराध भएको भन्दै गाउँ घरमा हुने बालविवाह रोक्न प्रहरी, स्थानीय न्याय समिति वा अदालतमा समेत खवर गर्न सकिने बताए ।
यस्तो सूचना दिँदा गाउँघरमा आफू असुरक्षित हुन्छु जस्तो लाग्नेले आफ्नो नाम गोप्यसमेत राख्न सक्ने बताए । उनले भने, ‘छिमेकको छोरा छोरीका कम उमेरमा विवाह हुँदै छ भन्ने खवर प्रहरीलाई गर्दा, दुस्मनी हुनसक्छ, त्यस्तो अवस्थामा प्रहरीले सूचना दाताको नाम गोप्य राख्छ ।’
नेपालको कानूनले विवाहको उमेर २० वर्ष तोकेको छ । २० वर्ष भन्दा अगाडी गरिने विवाहलाई बाल विवाह भनेको छ । बाल विवाह गरे स्वतह बदर हुने कानूनि व्यवस्था रहेको छ । बाल विवाह गर्ने गराउनेलाई ३० हजार रुपैयाँ जरीवाना र ३ वर्ष सम्म कैद सजाय हुने व्यवस्था छ ।
कार्यक्रममा स्थानीइ जनप्रतिनिधी, स्वास्थ कर्मचारी, शिक्षक लगाएतको उपस्थिति रहेको संस्थाका रविन्द्र महराले जानकारी दिए ।

indira jal 333