गमक पोष्ट समाचारदाता / सप्तरी २९, साउन । सप्तरीको सुरुङ्गा नगरपालिकाको विभिन्न वडाहरुमा स्याहारकर्ता समुहका आमाहरुलाई घरमै मिनी पुस्तकालय स्थापना गरी वालवालिकाहरुलाई अध्ययन गर्न विभिन्न प्रकारका खेलकुद तथा शैक्षिक सामग्रीहरु वितरण गरेका छन ।
सुरुङ्गा नगरपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित घरमा सुरक्षित र सिकाई कार्यक्रम अन्तर्गत सबल नेपाल सप्तरीले शैक्षिक सामग्रीहरु सहयोग गरेको सबल नेपालका परियोजना अधिकृत राधेश्याम रामले जानकारी दिए ।
विगत दुई बर्ष देखी विश्वव्यापी रुपमा फैलिरहेको कोरोना माहामारीका कारण विशेष गरी शिक्षा क्षेत्र धारासायी बन्दै गईरहेको अवस्थामा ३ बर्ष देखी माथी र ५ बर्ष मुनीका बाल–बालिकाहरुलाई लक्षित गरी उनिहरुको घर–घरमै मिनि पुस्तकालय स्थापना गरेको जनाएको छ । सुरक्षित रुपमा अध्ययन गर्नकालागि क्रृयाकलाप बुक १ थान, कथा भएको पुस्तक १५ थान, जनचेतनामुलक पोस्टर लगायतका सामग्रीहरु सहयोग गरेको सुरुङ्गा नगरपालिका ७ का वडा अध्यक्ष शिवनारायण चौधरीले बताए ।
चौधरीका अनुसार सबल नेपालले बाल–बालिकाहरुको हकहितका लागि गुण्स्तरिय शिक्षा, स्वास्थ्य र सुरक्षाको सबालमा नियमित रुपमा सहयोग गरिरहेको जनाउँदै सुरुङ्गा नगरपालिका ८ का एक सय १ र वडा ७ का एक सय २ गरी जम्मा २ सय ३ जना स्यहारकर्ता अभिभावकहरुलाई बाल–बालिकाहरुको प्रयोजनका लागि प्रयाप्त मात्रामा शैक्षिक सामग्रीहरु प्रदान गरेको छ ।
उनले सोही क्रममा स्याहारकर्ता आमाहरुलाई IVR एकिकृत अन्तरक्रृयात्मक सेसनमा भाग लिनका लागि सिमकार्ड सहित मोवाईल फोन समेत सहयोग गरेको बताए ।
सबल नेपालका समुन्नति कार्याक्रमका परियोजना संयोजक नन्दकिशोर चौधरीका अनुसार दुवै वडाका २ सय ३ जना अभिभावकहरुलाई सामग्रीहरु सहयोग गरेका छौ र अगामी दिनमा आमाहरुले प्राप्त गरेको सामग्रीहरु आ–आफ्ना घरमा मिनी लाईब्रेरी स्थापना गरी घरमै छोरा–छोरीहरुलाई शिक्षा दिने र मोवाईल प्रयोग गरी स्याहारकर्ता आमाहरु अन्तरक्रृयात्मक सेसनमा भागलिने बताए ।
कोभिडको प्रभावले बाल–बालिकाहरु विशेष प्रभावित भईरहेको समयमा संस्थाले नियमित रुपमा बालविकास, आधारभुत शिक्षा, विद्यालय स्वास्थ्य तथा पोषण, किशोर किशोरी विकास, किशोर किशोरी यौन तथा प्रजन्न स्वास्थ्य, जिविकोपार्जन र घरमा सुरक्षित र सिकाई परियोजना अन्तरगत विभिन्न कार्यक्रमहरु सचालन गरीरहेको जानकारी दिए ।