गमक पोष्ट समाचारदाता सप्तरी, २९ साउन । राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल, जिल्ला कार्य समिति सप्तरीले विभिन्न माँग राखी जिल्ला प्रसाशन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
भूमिहीन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्नु पर्ने प्रमुखमाँग् सहित जिल्ला प्रसाशन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।maunt school 333 
देशभर लगत संकलनको कार्य अन्तिम चरणमा पुगेको र नाप नक्शाा कार्य भई कामले गति लिरहेको अवस्थामा सो कार्यले निरन्तरता पाउने सुनिश्चिता नगरी आयोग विघटन गर्नु उचित नभएको व्यहोरा सहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी जय नारायण आर्चायलाई बुझाएको भुमि अधिकार मञ्च सप्तरीका जिल्ला अध्यक्ष सुरहित सदाय जानकारी दिए ।
ज्ञापनपत्रमा हाल सम्मा भूमिआयोगले गरिरहेको वा भईरहेको कामलाई असर नपर्ने गरी निर्णय लिनु हुनेछ भने अनुरोध गरिएको छ । भूमिहीन दलितलाई कानुन बमोजिम एक पटक जग्गा उपलब्ध गराउने संवैधानिक व्यवस्था , भुमि सम्बन्धि ऐन २०२१ को आठौ संशोधन र भुमि सम्बन्धि नियमहरु (अठारौ संशोधन) मा भएका व्यवस्था अनुरुप काम गर्न २०७७ बैशाखमा गठन भएको भुमि सम्बन्धि समस्या समाधान आयोगलाई मञ्चले महत्वपुर्ण अवसरको रुपमा लिई स्थानिय तह मार्फत हुने गतिविधिमा सहयोग र समन्वय गर्दै आएको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
ज्ञापन पत्र जिल्ला भुमि अधिकार मञ्च सप्तरीका जिल्ला अध्यक्ष सुरहित सदाय तथा राष्ट्रिय भमि अधिकार मञ्चका केन्द्रिय सदस्य शिव कुमार पासवानले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए ।

indira jal 333