गमक पोष्ट समाचारदाता / सप्तरी, २८ साउन । सप्तरी जिल्लामा सडक सुरक्षा चेक जाँच अवधारणा (आरएससीसी ) अन्तर्गत सडक दुर्घटमा न्यूनिकरण तथा विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोविड–१९ नियन्त्रण तथा रोकथामका लागि सवारी चालक तथा यात्रुहरुलाई अनिवार्य मास्क तथा सिट क्षमता भन्दा बढि यात्रु बोक्ने सवारी साधनलाई अस्थाई ट्राफिक प्रहरी चेक पोष्ट कदमाहाले चेक जाँचमा व्यापक कडाई गरेका छन् ।maunt school 333
सप्तरीको पूर्वि सीमाना भारदह तथा पश्चिमी सिमाना कदमाहा अस्थाई ट्राफिक प्रहरी पोष्ट कदमाहा तथा जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ लक्षित गरी ल्याइएको अवधारणाले सडक दुर्घटनामा कमी ल्याउनुको साथसाथै राजस्व संकलनमा समेत सहयोग गरेको छ । आरएससीसीले गर्दा नै यस जिल्लामा करिब ९० प्रतिशत सवारी साधनका काग पत्रहरु दुरुस्त हुने गरेको पाइएको छ । सडक दुर्घटना दिनप्रतिदिन बढदै गएकाले त्यसलाई केहि हदसम्म न्यूकिरणन गर्न यो अवधारणा ल्याइएको अस्थाई ट्राफिक प्रहरी चेक पोष्ट कदमाहा सप्तरीका प्रमुख उतम बहादुर भण्डारीले बताए ।
प्रमुख भण्डारीले बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीले सवारी सुरक्षा चेक जाँचलाई कडाई गरिएको बताइ । ‘सवारी चालकको स्वास्थ परिक्षण गरौ, सवारी चलाऔं र आफनो गन्तव्य स्थान सम्म पुगौ , मादक पदार्थ सेवन गरी सवारी नचलाऔं, आफु पनि बचौ अरुलाई पनि बचाऔं’ भन्ने मुल नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीले सवारी चालकहरुको स्वास्थ परिक्षण, सर्वसधारणलाई सचेतनाना मुलक पर्चा पम्पलेट वितरण, पैदल यात्रुहरुसंग अन्तरक्रिया कार्यक्रम, अव्यवस्थित पार्किङ हटाउने काम, सार्वजनिक सवारी रिर्जभमा रहेका सवारीको अनुगमन तथा सवारीको मेकानिकल जाँच लगायतको कार्यलाई समेत तिब्रता दिएको छ ।
सडक दुर्घटना बढदै जानथालेपछि जिल्ला ट्राफिक कार्यालय सप्तरीले दुर्घटना न्यूनिकरण तथा नियणत्रणका लागि हामीले सडकमा विभिन्न किसिमिका चेकजाँचदेखि लिएर बिद्यालय, कलेजसम्म ट्राफिक नियम सम्बन्धि जनचेतना मूलक कार्यक्रमहरु चलाईने प्रमुख भण्डारीले बताए ।indira jal 333 1