गमक पोष्ट समाचारदाता / सिरहा, २६ साउन । सिरहाका एक निजी विद्यालयका प्रिन्सिपलले शुल्क तिर्न ढिलागरेको भन्दै अभिभावकमाथि नै कुटपिछ गरेका छन् । समयमै विद्यालयको शुल्क नतिरेकाले घरमैमा शुल्क उठाउन पुगेका मिर्चैया नगरपालिका १० मिथिलेश्वरमा रहेको रादजेवी इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले स्थानीय अशोक साह र उनका परिवारका सदस्यमाथि कुटपिट गरेका हुन् ।maunt school 333
विद्यालयमा पढ्दैगरेका अशोकका कान्छो छोरा नवीन कुमारको फिस वापतको रकम लिन घरै पुगेकावेला अहिले छैन पछि दिउँला भन्दा भएको विवादमा प्रिन्सिपल साहले अशोकमाथि कुटपीट गरेको जनाएको छ । झगडा छुट्याउन गएका उनकी श्रीमती सुनितादेवि साह, जेठी छोरी सरिता साह, माइँली छोरी अञ्जली साह माथि पनि कुटपीट गरेको छ ।
जसमध्ये अशोक र उनकी जेठि छोरी सरिता गम्भीर छन् । अशोकको टाउकोमा चोट लागेको छ भने छोरी सरिताको हात भाँचिनुका साथै टाउको चोट लागेको छ । उनीहरू दुवैलाई स्थानीयस्तरमा उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगर रिफर गरिएको छ । अन्यको भने यहीँ उपचार भइरहेको छ ।
लकडाउनले गर्दा व्यापार राम्रो चलेको छैन त्यसैले ढिलो भएको हो अव चाँडै दिन्छु भन्दाभन्दै आफूमाथि अपशब्द प्रयोगगर्दै कुटपीट गरेको अशोकले बताए । उनले स्थानीय बजारमा पान पसल चलाउँदै आएका छन् । परिवारजनका अनुसार विद्यालयको ५–६ हजार शुल्क तिर्न बाँकी रहेको छ ।
घटनालगतै प्रिन्सिपल साह फरार रहेको प्रहरीले बताएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको र खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपि राजेन्द्र श्रेष्ठले बताए ।