गमक पोष्ट समाचारदाता / सिरहा, २५ साउन । प्रदेश नम्वर २ का प्रमुख डा.राजेश मिश्र ‘अहिराज’ ले समाज जागरुक भयोभने, सचेत र सक्रिय भयोभने अपराधका धेरैघटनाहरु आफै न्यूनभएर जाने बताको छ । सिरहा जिल्लाका सुरक्षा निकाय प्रमुख तथा सञ्चारकर्मिहरुसँग जिल्लाका सुरक्षा अवस्था, महिला हिंसा, जातिय विभेद तथा सुरक्षानिकायसँग सञ्चारकर्मीहरुको सहकार्यको विषयमा भएको छलफलमा प्रदेश प्रमुख झाले समाज जागरुक, सचेत र सक्रिय भए अपराध न्यूनभएर जाने बताएको हो ।

222712317_1194064887743223_1405828861941499638_n
समाजलाई सचेत, जागरुक र सक्रिय बनाउन राष्ट्रसेवक कर्मचारी र सञ्चाकर्मीहरुको महत्वपूर्ण भूमिका रहने पनि उनले जनाए । प्रदेश प्रमुख झाले त्यसको लागि सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी र सञ्चारकर्मीहरुको विचमा सहकार्य आवश्यक रहेको जनाए ।
सोही क्रममा उनले यहाँ हुने अपराध र राजनीतिका घटनालाई छुट्याउनुपर्ने आवश्यक रहेको जनाए । उनलेभने हरेक घटनालाई राजनीति करण गर्ने परम्परालाई तोड्नसके सुरक्षा चुनौति न्यूनहुने जनाए । त्यसको लागि सञ्चाकर्मीहरुले अपराधिक घटनालाई राजनीतिकरण हुनबाट रोक्न योगदान गर्नुपर्ने बताए ।
प्रदेश नम्वर २ भ्रष्टचारका कारण मदनाम भएको प्रति इङ्गित गर्दै झाले भ्रष्टचार विरुद्धको लडाईमा सवै एकजुटहुनु पर्ने बताए ।
मन्तव्यकै क्रममा प्रदेश प्रमुख झाले सवै राष्ट्रसेवक कर्मचारीहरुलाई ‘शिरमा देश र मनमा मधेश’ रादेररोध गरे ।
छलफल कार्यक्रममा जिल्लाको सुरक्षा अवस्था, सीमाका समास्या र अन्य विषयमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कण्डेलले जानकारी गराएका थिए । जिल्लामा कोभिड नियन्त्रणका लागि भएका कामहरुको वारेमा पनि जिल्ला प्रमुले जानकारी गराएका थिए । उनले भावीदिनमा हुनसक्ने सङ्क्रमण जोखिमलाई मध्येयनजर गर्दै आवश्यक आईशोलेशन र अन्य व्यवस्थापनको कार्यगरेको बताए ।
शेर गण चोहर्वाका प्रमुख सेनानी सुमन थापाले सेना नागरिक विच भएका कार्यहरुको बारेमा जानकारी गराए ।
विभिन्न घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख हिरावहादुर पाण्डेले जानकारी गराएका थिए । सो क्रममा उनले अहिलेपनि जिल्लामा प्रत्यक महिना तीनसय बढी महिला हिंसाका घटनाहरु हुनेगरेको जनाए । दहेज र अशिक्षाका कारण घटना हुनेगरेको जनाए ।
सोहीक्रममा सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरी र राष्ट्रिय अनुसन्धान आयोगका जिल्ला प्रमुख
तुलशिराम प्रसाईले जिल्लाको अवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष मनोज यादव वनौता सहित दर्जनबढी पत्रकारहरुको सहभागीता रहेको थियो ।