गमक पोष्ट समाचारदाता / जनकपुर, २३ साउन । जनकपुरको धनुष सागर पोखरीमा शुक्रवार नुहाउन पसेकावेला हराईरहेका एक युवकको शव शनिबार बिहान फेलापरेको छ । शुक्रबार बेलुका पोखरीमा डुबेका स्थानीय कटैया चौरीका ३५ वर्षीय सन्तोष सहनीको नेपाल प्रहरी, सशस्त्र प्रहरीले खोजतलास गरेपनि शनिबार विहानमात्र पोखरी किनारमा तैरिरहेको अवस्थामा शव भेटिएको हो ।
नुहाउन गएको बेला डुबेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । शवको पोस्टमार्टम भएपश्चातमात्र घटनाबारे थप यकिन हुने प्रहरीले जनाएको छ ।