• लिजेन ओरग्यान

गमकपोष्ट समाचारदाता / सप्तरी, २२ साउन । सप्तरीमा हालै संचालन भइरहेको कक्षा ११ को परिक्षामा कम्प्युटर, इमेल तथा अनलाइन सम्वन्धी प्रश्नहरु हातले लेखेर परिक्षा संचालन भएको पाइए पछि केही प्रश्नहरु उठेको छ ।
कक्षा ११ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयमा, इमेलका कुनै दुई फाइदाहरु उल्लेख गर्नुहोस् । सामाजिक सञ्जालका कुनै दुई बेफाइदाहरु लेख्नुहोस् । माइक्रोसफट वर्ड (Microsoft Word) मा के के काम गर्न सकिन्छ, उदाहरण सहित लेख्नुहोस् । अनलाइन भुक्तानीका फाइदाहरु उल्लेख गर्नुहोस् लगायतका प्रश्नहरु सोधिएका छन् ।

2
इमेल, सामाजिक सञ्जाल, माइक्रोसफ्ट वर्ड, अनलाइन भुक्तानी लगायतका विषयमा विद्यार्थीबाट उत्तर खोज्दा विद्यार्थीहरुले त्यो बारेमा अध्ययन गरेको हुनुपर्ने देखिन्छ । तर, प्रश्नपत्र नै हातले लेखेर बनाएपछि अध्यापन गराउने शिक्षक÷प्राध्यापक चाही कम्प्युटर सिकेका हुन् कि हैनन् ? विद्यालयमा कम्प्युटर, इन्टरनेट लगायतका सामाग्रीहरु छन् कि छैनन ?भन्ने प्रश्न उठ्नु अस्वभाविक होइन ।
कम्प्युटर, इन्टरनेट, अनलाईन लगायतका विषयमा प्रश्न सोध्ने विद्यालयले अति आवश्यक कम्प्युटर, प्रिन्टर व्यवस्था गर्न सक्ने ल्याकत छैन ?उपरोक्त परिक्षा खडक नगरपालिकाको एक विद्यालयमा संचालन भएको बताइएको छ ।