गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २१ साउन । जिल्ला प्रशासन कार्यालय पर्साबाट आगामी आईतबार साउन २४ गतेदेखि नियमित रुपमा सेवा प्रवाह हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले विहिवार सूचना जारीगरी कोरोना संक्रमणका कारण रोकिएका सेवाहरु २४ गतेदेखि नियमित सञ्चालन हुने जनाएको हो ।
हाल प्रशासन कार्यालयबाट स्थानीय तह अनुसार सेवा प्रवाह हुँदै आएको भएपनि २४ गतेबाट नियमित सेवा प्रवाह हुने सहायक प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
पछिल्लो समय कोरोणा सङ्क्रमणदर घट्दै गएकाले स्वास्थ्य मापदण्ड पालनागर्दै सबै स्थानीय तहका सेवाग्राहीहरुलाई नियमित सेवा प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
यसअघि संक्रमण दर बढ्दै जाँदा असार ६ गतेदेखि स्थानीय तहअनुसार आलो–पालो रुपमा सेवा प्रवाह हुँदै आएको थियो ।