गमक पोष्ट समाचारदाता / जनकपुर, २० साउन । धनुषामा पोखरीमा तैरिरहेको अवस्थामा किशोरको शव फेला परेको छ । धनुषाधाम नगरपालिका ६ का शुभलाल मजिहारको १५ वर्षीय छोरा अमनको लाश आज अपरान्ह पोखरीमा फेला परेको हो ।
स्थानीयका एकाथरीलेभने अमन राँगालाई नुहाउन पोखरमीमा गएकोबेला डुबेर मृत्यू भएको हुनसक्ने अनुमान छ । कतिपयले भने अमनको मृत्युलाई शंकास्पद रहेको जनाएका छन् । शव पानीबाट पोखरीमा तैतिरहेको भएपनि पानी नखाएको जस्तो देखिएको बताए ।
घटनाको प्रकृतिहेर्दा शंकास्पद रहेको भन्दै स्थानीयले छानबिनका लागि प्रहरीलाई अनुरोध गरेका छन् । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्व पोष्टमार्टमको लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको छ ।