सिरहा, १९ श्रावन । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ९ ले किसानलाई २५ सय भन्दा बढी फलफुल र वनका विरुवा वितरण गरेको छ । वडा कार्यालयले “रुख रोपौँ हरियालि बढाउँ,एक व्यतिm एक विरुवा लगाऔँ ” भन्ने मुल नाराका साथै किसानलाई फलफूल खेतीमा व्यवसायिक बनाउन पनि वडा कार्यालयले अनुदानमा विभिन्न जातका फलफुल तथा वन विरुवा वितरण गरेको हो ।biruwa bitran 2
वडाले किसानहरुलाई कागती, आप,लिच्चि,र पपिताको ९ सय तथा वन विरुवामा साल,सपेता,गम्हाईर,वकाइन तेजपत्र लगायतका २ हजार भन्दा बढी बोट विरुवा वितरण गरेको वडा नम्बर ९ को वडा अध्यक्ष राम पुकार कामतीले बताए । उनले’ आफु निवार्चित भएको देखि “हाम्रो गोलबजार नगरपालिका वडा न.९को शान ,एक व्यतmी एक विरुवा लगाउने हाम्रो अभियान ” भन्ने मुल नारालाई पुरा गर्नका निमित्त जिल्ला डिभिजन वन कार्यालय लाहानको सहयोगमा हामिले किसानको माग अनुसार विभिन्न जातको वोट विरुवा वितरण गरेको वडा अध्यक्ष कामतिले जनाए ।IMG20210803113918 गोलबजार नगरपालिकामै वडा नम्वर ९ मा विरिक्षा रोपन गरि हरित वडा रुपमा चिनाउन र वडा लाई हराभरा नमुना वडा बनाउन आफु जुटेको अध्यक्ष कामतिले बताए । ‘किसानहरुले विरुवा माग गरे अनुसार किसानको सम्पुर्ण विवरण लिएर निशुल्क विरुवा बितरण गरेको हो । कुन व्यतिmले कति विरुवा लगे र कति जना किसानले यसलाई सफल बनाउन सके वा सकेन भन्ने विषमा प्रति महिना सबै किसानको घरदैलोमा पुगी अनुगमन गर्ने र राम्रो संग संरक्षण गर्ने किसानलाई थप विरुवा उपल्वध गराउने वडा अध्यक्ष कामतिले प्रतिबद्धता समेत गरेको छ । डिभिजन वन कार्यालयको सहयोग र वडा न. ९ को कार्यालयको आयोजनामा वडाका सय भन्दा बढी किसानलाई विरुवा वितरण गरेको छ ।