गमक पोष्ट समाचारदाता / सिरहा, ९ साउन । सिरहाको कल्याणपुर नगरपालिकाका निलम्बीत मेयर सूर्यनाथ मण्डलका छोरा सहितको समुहले महरा परिवारमाथि मरणासन्न हुनेगरी कुटपीट र अभद्रव्यवार गरेकाछन् । रक्सिले मातेका निलम्वित मेयरका कान्छा छोरा दिनेश मण्डल, मेयरका भाई विष्णु मण्डलका छोरा राकेश मण्डल सहितका समूहले कल्याणपुर नपा ३ का कृपाल महराकी ४० वर्षिय श्रीमति सीता देवी महरा र १६ वर्षिय छोरा जितेन्द्र महरालाई कुटपिट गरेको हो ।
मेयर सूर्यनाथ मण्डल एक वर्षअघि अख्तियार दुरुपयोगको मुद्दामा निलम्वनमा छन् ।
रक्सिले मातेका उनीहरुले गएराति ११ बजे आमा र छोरालाई दलित बस्तीमा गएर मरणासन्न ह्ुनेगरी कुटपीट र अभद्रव्यवहार समेत गरेको उनीहरुले जनाएको छ ।
रक्सिले मातेका उनीहरुले दलित बस्तिमा जथाभाभी माटोको डल्ला र ढुङ्गा फालिरहेको समयमा दलित महिलाले यति राति कसले मेरोघरमा ढुङ्गा हानेको भन्न नपाउँदै नसामा रहेका उनीहरुले महरा आमा छोरालाई अभद्रव्यवहार गर्दै मरणासन्नगरि कुटपिट गरेको बताइएको छ ।
कुटपिट घाईते जितेन्द्र महराका अनुसार रक्सीखाएर मेरो आमालाई ‘चमार्नी’ तलाई कसले कामदिन्छ भन्दै फोहोर गालि गर्नुका साथै घिसारी घिसारी कुटपिट गरेको बताए । त्यहि क्रममा मैले आमालाई किन कुटेको भन्दै प्रतिकार गर्न खोज्दा मलाई पनि कुटपिट गरेको सुनाए । घाईते आमा, छोराको उपचार कल्याणपुर ११ स्थित एक स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।
घटनाकै क्रममा कल्याणपुर ईलाका प्रहरिकार्यालय कल्याणपुरलाई फोन गर्दा समेत कुनै वास्ता नगरेको गुनासो गरेको छ । घटनाबारे ईलाका प्रहरि कार्यालय कल्याणपुरमा जाहेरी परेको बताइएको छ । कल्याणपुर प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको जनाएको छ ।
दलित अधिकारकर्मी तथा दलित जागरण केन्द्र नेपाल गोलबजार सिरहाका सचिव संजय महराले दलित महिलामाथि गरेको अभद्रव्यहार र कुटपिट गरेको घटनालाई सुक्ष्म तरिकाले छानविन गर्नु पर्ने माग गरेको छ । उनले दोषीमाथि कार्वाही हुनुपर्ने बताएको छ ।