गमक पोष्ट समाचारदाता/ काठमाडौं, ९ साउन । वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएको २४ जना नेपालीको शव र तीन जनाको अस्तु शनिबार काठमाडौं ल्याइएको छ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार क्वालालम्पुरबाट नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत ती शव र अीस्तु काठमाडौं ल्याइएको हो। सबै शव र मलेसियामै दाहसंस्कार गरिएका तीनजना नेपली युवाको अस्तु पनि नेपाल वायु सेवा निगमको वाइड बडी जहाजले ल्याएको छ।अस्तुलाई त्रिभुवन विमानस्थलबाटै आफन्तको जिम्मा लगाइएको छ।