गमक पोष्ट समाचारदाता / जनकपुर, २ साउन । धनुषा प्रहरीले प्रतिवन्धित लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका ९ बाह्रबिघा नजिकबाट लागूऔषधसहित क्षिरेश्वरनाथ नगरपालिका १० का सन्तोषकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ज.३ प. २७७८ नम्बरको मोटरसाइकलमा सवार यादवलाई शंका लागि चेक जाँच गर्ने क्रममा उनी समावर मोटरसाइकलको सिटतल राखेको अवस्थामा नाइट्राभेट–१० ट्याब्लेट १५ सय थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । यस्तै, यादवको साथमा रहेको झोलामा चारमिनार मुम्कका (भांगको ट्याब्लेट) २४ प्याकेट, राजनिवास ३ प्याकेट र चक्कु १ थान समेत बरामद भएको उनले बताए । यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।