• सरेश राय

सिरहा, १ साउन । गोलबजार नपा ९ मा रहेको वनको जग्गा फिर्ताको माँग गर्दै डिभिज वन कार्यालय लहान पुगेकामध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेपछि उनीहरुले पूर्वपश्चिम राजमार्गमा दुईघण्टा टायर बालेर प्रदर्शन गरेका छन् । गोलबाजर नपा ९ मा रहेको वन क्षेत्रको जग्गा विभिन्न व्यक्ति ताथा मारुती सिमेन्ट उद्योगले कब्जा गरेको भन्दै फिर्ता सम्वन्धमा बुझ्न डिमिजन वन कार्यालय पुगेका उनीहरुलाई कुटपीटगरी प्रहरीले पक्राउ गरेपछि गोलबजार ९ मा आज अपरान्ह टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।
डिभिजन बन कार्यलय लहानका डेफो सुभाश चन्द्र दाससङ्ग भेट्न पुगेका उनीहरुलाई भेटगर्न समेत नदिएर कुटपीट गर्दै गोलबजार ९ का सुरेश महतो र सुरेश सिंहलाई पक्राउ गरेको अभियानी लक्षमन यादबले जानकारी दिए ।
चुरे अभियानीहरुले भने हाम्रो मान्छेलाइ रिहा भोलिबाट चरणबद्ध आन्दोलनमा उत्रिने बतए । पक्राउ परेकाहरुको रिहाई, बनको जग्गा फिर्ता, दोसि लाई कार्वाही र डेफो सुभाश चन्द्र दासलाई कार्वाहीको माग गरेको छ ।
यता जिल्ला प्रहरी कार्यालयले वन डिभिजन कार्यालयमा विरुवा बाडेने क्रममा उनीहरुले हुलहुज्जत र ढुङ्गामुढा गरेपछि दुईजनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुले गरेको ढुङ्गामुढाबाट कार्यालयको सिसासमेत फूटेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी शुभाष बुढाथोकीले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भईरहेको बताइएको छ ।