गमक पोष्ट समाचारदाता / वीरगञ्ज, ३० असार । बाल विवाह गराएको कसुरमा पर्सा प्रहरीले बेहुलासहित ३ जनालाई पक्राउ गरेको छ । बाल विवाह गराएको आरोपमा पकाहामैनपुर गाउँपालिका १ धोरको २४ वर्षीय बेहुला विशाल सहनी, ६५ वर्षीय ठग सहनी र बाराको प्रसौनी गाउँपालिका ५ बेल्हिया पनटोकाका ४८ वर्षीय महेश सहनी पक्राउ परेका हुन् । विशाल बेहुला हुन् ।
स्थानीय १८ वर्षीया किशोरी र विशालको बिहे १७ गते धोरेस्थित भुटनदेवी मन्दिरबाट भएको थियो ।
बाल विवाह गर्ने तथा गराउने कार्यमा संलग्न रहेकोले उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

santi nikunj - Copy