गमक पोष्ट समाचारदाता / वीरगञ्ज, ३० असार । अंग्रेजी वर्ष सन् २०२१ को जनवरीदेखि जुलाईसम्मको ६ महिनाको अवधीमा ५९ वटा मानव अधिकार उलंघनका घटनाहरु भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को पूर्व प्रकाशन अर्धवार्षिक समिक्षा गोष्ठीमा इन्सेक पर्साका प्रतीनिधी केसी लामिछानेले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।
लामिाछानेद्वारा प्रस्तुत प्रतिवेदनअनुसार पर्सा जिल्लामा पुष १५ गतेदेखि असार १५ गतेसम्मको अवधिमा विभिन्न ५९ वटा मानव अधिकार उलंघनका घटनाहरु भएका छन् । जसमध्ये जवरजस्ती करणीका १८ वटा, जर्वजस्ती करणी उद्योगका ४ वटा, कर्तब्य ज्यानका १० वटा, ज्यान सम्बन्धी कसुरका २५ वटा, बाल विवाहका २ वटा, अप्राकृतिक मैथुनको १ वटा, गर्भसंरक्षण बिरुद्धको कसुर १ वटा ,बोक्सी आरोपमाको १ वटा ,मानव बेचबिखनको १ तथा मेडिकल संचालक माथिको आक्रमण १ र बाल यौंन दुब्र्यवहारको घटना तीन गरी ५९ वटा घटना भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।
मानव अधिकार निगरानी समूह पर्साका संयोजक तबरेज अहमदको अध्यक्षतामा भएको गोष्ठीमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, प्रेस काउन्सीलका सदस्य लालबावु शेष, पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जरा, जिल्ला अध्यक्ष अनुप तिवारी, पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, नेपाली काँग्रेसका सचिव श्याम पेटल, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा लगायतले आफ्ना धारण राखेका थिए ।