शम्भु चौधरी / सिरहा, २८ असार । सिरहाको धनगढीमाई नगरपालिका १ को आ व २०७६।७७ को कार्य सम्पन्नताको वडा स्तरीयय अनुगमन समितिद्धरा अनुगमन गरीएको छ । वडा स्तरीय अनुगमन समिति, नेकपा माओवादी प्रतिनिधि सियाराम महतो, नेकपा एमाले प्रतिनिधि नन्दीलाल साह, नेपाली कांग्रेस वडा संयोजक सुर्य नारायण यादव, वडा अध्यक्ष सुर्य नारायण महतो, वडा सदस्य क्रमशः पंचलाल चौधरी, फुलचन सदाय, कौशल्या महतो र जमुनी सदाय, वडा सचवि जानुका ढुंगाना, कार्यालय सहायक लक्ष्मण् मेस्तर लगयतका पदाधिकारीहरु अनुगमानमा सहभागी भएको थिए ।
वडा स्तरी कार्यको अनुगमन गर्दै नेपाली काग्रेका वडा संयोजक यादवले भने, ‘लगभग सबै कार्य सम्पन्न भइ सकेको छ यस पालिको कार्य सन्तोष जनक देखियो, अवका दिनमा अझ राम्रो काम होस् ।’
त्यस्तै नेकपा माओवादी केन्द्रका प्रतिनिधि महतोले भने सबै योजना सम्पन्न छ एक दुई वटा योजना अधुरा छ त्यो पनि वडा अध्यक्षले बनाउने बचा गरेको छ अधुरा योजनाको कार्य सम्पन्न भए पछि भुत्तानीको सिफारीस गर्न अनुरोध छ ।
योजनामा सडक आर सि सि ढलान, सामुदायिक भवान निमार्ण, बजारमा ट्रस निमार्ण, मंदिर निमार्ण तथा रंगरोगन, मुसहर समुदायको लागी तरकारी खेतीमा अनुदान आदी ठोस कार्य भएको वडा अध्यक्ष महतोले बताए ।