गमक पोष्ट समाचारदाता / सर्लाही, २४ असार । सर्लाहीको लालबन्दीमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । बागमती नगरपालिका–३ घर भई लालबन्दीमा बस्दै आएका ५० वर्षीय वीरबहादुर वाइबाको विहिवार ग्राभेल झिक्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।
लालबन्दी नपा १५ मा ग्राभेल निकालेको खाल्डोमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको उनले जनाए ।