गमक पोष्ट समाचारदाता \ वीरगञ्ज, २२ असार । पर्साको वीरगञ्ज महानगरपालिका पूर्ण खोपयुक्त महानगर घोषणा गर्न सफल भएको छ । मंगलवार महानगरको वडा नम्बर ९ पुर्ण खोपयुक्त घोषणा गरेसँगै महानगरपालिका पुर्ण खोपयुक्त महानगरक घोषणा भएको हो ।
महानगरपालिकाका ३१ वटा वडा यस अघि नै पूर्ण खोपयुक्त वडा घोषणा भइसकेका थिए । वडा नम्बर ९ पनि खोपयुक्त भएपछि मंगलवार एक कार्यक्रमका बिच नगरप्रमुख विजय कुमार सरावगी र स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका संयोजक अरुण कुमार महतोले सयुक्त रुपमा पूर्ण खोपयुक्त महानगर घोषणा गरेका हुन् ।
जन्मेदेखि २३ महिनासम्मका बाल–बालिकालाई लगाइने सबै प्रकारका खोप लागिसकेको हुँदा वडालाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको वडा नम्बर ९ का वडा अध्यक्ष मनोज कुमार कलवारले बताए ।