गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २२ असार । जीपी फाउण्डेशन पर्साले यहाँका दुईजना पत्रकारलाई सम्मानित भएका छन् । स्वर्गीय गिरीजाप्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीको अवसरमा फाउण्डेशनले पत्रकार माधुरी महतो र इर्फान अलीलाई क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।
फाउण्डेशनले पत्रकार द्वयलाई जनही २५÷२५ हजार र प्रमाणपत्र तथा दोसल्लाबाट सम्मानित गरेका छन् । सम्मानीत पत्रकारद्वयले सम्मानले थप हौसला र जिम्मेवार बनाएको बताउँदै आफ्नो कलम आम नागरिकका सवालप्रति जिम्मेवार भएर चलाउने प्रतिक्रिया दिए ।
महतो बिबिसी संवाददाता र सामुदायीक रेडियो नारायणी एफ एमकी समाचार प्रमुखको जिम्मेवारीमा छन भने अली ग्यालेक्सी फोर के टेलिभिजनका पर्सा संवाददाता हुन् ।