गामक पोष्ट समाचारदाता / सिरहा, १७ असार । लागातार परेको वर्षा र बाढीका कारण हुलाकी राजमार्ग अत्र्गत सिरहा–धनुषा जोड्ने कमला नदीको पुल सञ्चालनमा नआउँदै भाढीले भाँसिएको छ । विहिवार आएको बाढीले पुलको एउटा पिलर (स्पान) भाँसिएको हो ।
सञ्चालनको तयारी भइरहेको पुलको १२ वटा स्पानमध्ये पूर्वबाट दोस्रो स्पान भासियको प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले जानकारी दिए । उनले सञ्चालनको तयारीमा रहेको पुलको सिरहातर्फको एउटा स्पान भासिर भुईमै छुनलागेको जानकारी दिए ।
पुल निर्माण डिजाइन अनुसार काम नभएको वा डिजाइन नै गलत भएकोले भाँसिएको हुनसक्ने प्रजिअ कणेलको सुनाए ।
यसक्षेत्रको महुप्रतिक्षित सिरहा जनकपुर जोड्ने ४ सय ७० मिटर लामो पुल २०६८ सालमा ४२ महिनामा बनाउने सम्झौता पप्पु कन्ट्रक्सनले गरेका थिए । तर पप्पुले ३५ प्रतिशत काम गरेर निर्माण अलपत्र पारे । त्यसपछि लुम्बिनी जेभीले काम गरिरहेको छ ।
पुल निर्माण पुरा भइसकेकाले केहि दिनमै सञ्चालनमा ल्याउने तयारी भइरहेको थियो । तर पुल भाँसिएपछि सो क्षेत्रका सिरहा–धनुषाका बासिन्दा चिन्तित बनेका छन् । स्थानीयले कामको बेलामा सहि अनुगमन र गुणस्तर मापन नहुँदा यस्तो अवस्था आएको बताए ।
कमला नदिमा मध्ये असारमा नै गतवर्ष भन्दा एक मिटर पानी बढी बगिरहेको जनाएको छ । पानीको बहाव बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले ततियक्षेत्रका बासिन्दालाई सतर्क रहन आव्हान गर्दै आएको छ ।
क्याप्सन ः हुलाकी राजमार्ग अत्र्गत सिरहा–धनुषा जोड्ने कमला नदीको निर्माणधिन पुल आज आएको भाढीले भाँसिदै ।
फोटो ः आशिष विश्वकर्मा, सिरहा