गमक पोष्ट समाचारदाता / वीरगञ्ज, १७ असार । पर्सा जिल्लामात्रै नभएर बारा, रौतहट, सर्लाही, सप्तरीदेखि मकवानपुरसम्मकाकोभिड संक्रमितहरुको उपचार भएको नारायणी अस्पतालमा ओपिडी (बहिरंग) सेवा शुरु हुने भएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधानद्वारा हस्ताक्षरित सूचनामा यही असार १८ गतेदेखि स्वास्थ्य मापदण्डको पालनागर्दै भिडभाड नहुनेगरी बहिरंग सेवा शुरु हुने उल्लेख गरिएको छ ।

बहिरंंग सेवा अन्र्तगत हरेक विभागमा दैनीक २०÷२० जनाका दरले बिरामीहरुको परीक्षण गर्ने व्यवस्था मिलाइएको निमित्त मेसु डा. प्रधानले बताए । डा. प्रधानका अनुसार बहिरंग सेवाको लागि बिहान ९ बजेदेखि ११ बजेसम्म नामदर्ता गराउने मय तोकेको छ ।

पहिलो चरणको कोरोनाभाइरसको महामारीमा पनि हटस्पट बनेको वीरगञ्जलाई पुुनःचलायनमानन बनाउन नारायणी अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ ।

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणले पनि आक्रान्त बनेका वीरगञ्ज संक्रमणको संख्यालाई शून्यमाझार्न उल्लेख्य भूमिकानिर्वाह गरेको अस्पतालमा यही १८ गतेदेखि बहिरगं सेवा शुरु हुनेछ ।

narayani (5)