गमक पोष्ट समाचारदाता र वीरगञ्ज, १६ असार । वीरगञ्जको पानीट्यांकीमा शंकास्पद अवस्थामा महिलाको शब फेला परेपरेको छ । घटनामा संलग्नताको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका ८ पानीट्यांकीमा मंगलवार दिउँसो ४ बजे एक महिलाको शब फेला परेको हो ।
करिव ३२ वर्षकी हिममाया अस्लामीको शब आफ्नै कोठामा भेटिएको प्रहरीले जनाएको छ । मृतक महिलाका श्रीमान लागु औषध सम्बन्धी कसुरमा काठमाण्डौ कारागारमा छन् ।
ति महिलाको कोठामा आइरहने सुमन विश्वकर्मा भनिने युवकलाई प्रहरीले अनुसन्धानकालागि नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ताएवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
शब लाईपोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।